विद्यार्थीहरुले संघीयताबारे बुझ्न आवश्यक छ : मन्त्री बुढामगर
पाेखरा | भदौ ६, २०७९
गण्डकी प्रदेशका भुमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले विद्यार्थीहरुले संघीयताबारे बुझ्न आवश्यक रहेको बताएका छन् ।
नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको २२ औँ क्याम्पस अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बुढाले संघीयताबारे बाहिर नराम्रो हल्ला फैलाइएको भन्दै विद्यार्थीहरुले संघीयताको बारेमा बुझ्न आवश्यक रहेको बताएका हुन् ।
‘संघीयताबारे बजारमा जे हल्ला फैलाइएको छ त्यसमा कनै सत्यता छैन् संघीयता बुझ्न अध्ययन आवश्यक छ त्यसैले विद्यार्थीहरुले यसको बारेमा बुझ्न आवश्यक छ ।’ उनले भने ।
मन्त्री बुढाले संघीयता कार्यन्वयनसँगै आदिवासीहरुको हक अधिकार प्राप्त भएको अनुभुति भएको बताउदै विद्यार्थीहरुले संविधानमा उल्लेख भएका ऐनहरु अध्ययन गर्न आवश्यक रहेको बताए ।
‘मुलुकले बहुभाषिक, बहुजातिय र बहुसांस्कृतिक स्वीकार गरेको छ, उनले भने, ‘तर यसको अहिले बाहिर विरोध हुँदा मगर लगायत आदिवासीको मुद्धाकोसमेत विरोध हुन थालेको आभाष भएको छ ।’
यसैगरि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका अध्यक्ष रुद्र बहादुर श्रीस मगरले बहुभाषिक शैक्षिक प्रणाली लागु हुन नसक्नु दुखद भएको बताए ।
‘नेपाल संघीय शिक्षा प्रणालीमा प्रवेश गरिसकेको मुलुकलाई बहुभाषिक, बहुजाति, बहुधार्मिक रुपमा घोषणा गरिएपनि यो अझै कार्यान्वयनमा आउन नसक्नु आदिवासीको मुद्धा कार्यान्वयन नहुनु हो ।’ उनले भने ।
नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिले अधिवेशनको अवसरमा क्याम्पसमा अध्ययनरत विभिन्न संकायका प्रथम वर्षका १३ जना विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत वितरण गरेको थियो ।
अधिवेशनले कृष्ण बुढा मगरको नेतृत्वमा १५ सदस्य कार्यसमिति समेत चयन गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

